२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

काङ्ग्रेसको पछाडि निन्याउरो अनुहार लगाएर माओवादी हिँड्नु पर्ने बाध्यता दुखद



बिर्तामाेड-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इन्चार्ज अग्नि खरेलले विभिन्न जातजातिको संरक्षण, उत्थान र विकासमा आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीले चुनावी प्रचारका सिलसिलामा वडा नम्बर १ काे धिमाल बस्तीमा गरेको घरदैलो कार्यक्रममा सहभागी हुँदै एमाले नेता खरेलले यस्तो धारणा राखेका हुन् ।

नेता खरेलले धिमाल जातिकाे मौलिक पहिचानकाे संरक्षण गर्ने खालका कार्यक्रम ल्याउने पनि बताए । नेता खरेलले काङ्ग्रेसको पछाडि निन्याउरो अनुहार लगाएर माओवादी हिँड्नु पर्ने बाध्यता आउनु दुखद भएको नेता खरेलले बताए।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  ९ : २८ बजे