भोलिदेखि एसइइ परीक्षा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सञ्चालन हुन नसकेको माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबारदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न लागेको हो । शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेको थियो ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार यो वर्षको परीक्षामा ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा वैशाख २० गते सकिनेछ ।