- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
- स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
- सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा
बिर्तामोड– नेपाली कांग्रेस झापाको पदाधिकारीको बैठकले गठबन्धन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्धन गरेबाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ ।
सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश१ का सभापति उद्धव थापा एवम् पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको उपस्थितिमा भएको बैठकले गठबन्धनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
क्षेत्रीय सभापतिहरु समेतको सहभागितामा सम्पन्न बैठकमा २०७४ को स्थानीय निर्वाचनमा प्राप्त मतभारका आधारमा चुनावी तालमेल गर्न ब्यावहारिक हुने विषयमा छलफल भएको छ ।
बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन गरेको छ । आकांक्षी उम्मेद्वारहरु बीचमा छलफल गराई सहमतिको वातावरण बनाउन क्रियाशील रहन भने बैठकले मातहत निकायलाई निर्देशन गरेको हो ।
बैठकमा प्रदेश प्रतिनिधि नन्दकुमार नेम्बाङ, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, ढुण्डिराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।
















