१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

झापामा दलीय तालमेल फराकिलो बनाउने कांग्रेसको निर्णय



बिर्तामोड– नेपाली कांग्रेस झापाको पदाधिकारीको बैठकले गठबन्धन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्धन गरेबाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश१ का सभापति उद्धव थापा एवम् पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको उपस्थितिमा भएको बैठकले गठबन्धनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।

क्षेत्रीय सभापतिहरु समेतको सहभागितामा सम्पन्न बैठकमा २०७४ को स्थानीय निर्वाचनमा प्राप्त मतभारका आधारमा चुनावी तालमेल गर्न ब्यावहारिक हुने विषयमा छलफल भएको छ ।

बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन गरेको छ । आकांक्षी उम्मेद्वारहरु बीचमा छलफल गराई सहमतिको वातावरण बनाउन क्रियाशील रहन भने बैठकले मातहत निकायलाई निर्देशन गरेको हो ।

बैठकमा प्रदेश प्रतिनिधि नन्दकुमार नेम्बाङ, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, ढुण्डिराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ८ : १९ बजे