- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामोड– नौ बूँदे घोषणा पत्र जारी गर्दै ‘झापा सहकारी सम्मेलन’ आइतवार सकिएको छ । सम्मेलन हिजोदेखि बिर्तामोडमा सुरु भएको थियो । सम्मेलनमा झापाका विभिन्न सहकारी संस्थाका चारसय भन्दाबढी प्रतिनिधि सहभागी थिए ।
सम्मेलनले नौ बूँदे घोषणा पत्र जारी गरेको छ ।
१। सहकारी क्षेत्रलाई नीति, विधी र प्रविधिमैत्री बनाउन हामी प्रतिवद्व छौं ।
२। सहकारी अभियान र संस्थाबीच अन्तरसम्बन्ध विकास गर्न हामी प्रतिवद्ध छौं ।
३। सहकारी व्यवसायलाई उत्पादन, बजारीकरण र उद्यमशिलताको श्रृंखलाउन्मूख गराउन समन्वयकारी भूमिका खेल्न हामी प्रतिवद्ध छौं ।
४। संस्थामा संस्थागत विकास वित्तीय ब्यवस्थापन एवम् सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन हामी प्रतिवद्ध छौं ।
५। विद्यमान सबै तहगत सहकारी ऐन, कानूनहरु कार्यान्वयन गर्न तथा सो कानूनमा ब्यवस्था भएका सन्दर्भ ब्याज दर लगायतका ब्यवस्थालाई सहकारी मैत्री बनाउन पहल गर्न हामी प्रतिवद्ध छौं ।
६। राष्ट्रिय अर्थतन्त्रमा सहकारीबाट भएको योगदानको वास्तविक तथ्याड्ढ पहिल्याउन तथा राष्ट्रिय गणनामा समावेश गर्न निरन्तर पैरवी गर्न हामी प्रतिवद्ध छौं ।
७। संस्थाको कारोबारको सूरक्षाको पूर्ण प्रत्याभूति गर्न गराउने दिशामा सहकारी अभियान र संस्थालाई अग्रसर गराउन हामी प्रतिवद्ध छौ ।
८। सदस्यसँग नियमित समन्वय गरी तरलताको समस्या समाधानका लागि नियमित बचत र ऋणको कारोबार गर्न गराउन हामी प्रतिवद्ध छौं ।
९। सदस्य, सञ्चालक, ब्यवस्थापन र सुपरिवेक्षण समितिलाई सहकारी तालिम प्रशिक्षण नियमित सञ्चालन गरी क्षमता अभिबृद्धि गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न हामी प्रतिवद्ध छौ ।


















