- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
भद्रपुर– नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी भद्रपुरको नगर कमिटी गठन भएको छ । कार्यकर्ता भेलाले सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको सचिव गंगा लम्साल रहनुभएको छ । जिल्ला सदस्य शर्मिला खातिको अध्यक्षता र केन्द्रीय सदस्य सरु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पार्टी नगर कमिटी उपाध्यक्ष कुमारी सोर्णिका सिंहले गर्नुभएको थियो ।
प्रमुख अतिथि महिल नेतृ न्यौपानेले हजारौं शहीदहरुको बलिदानपछि संविधानबाटै महिलाले अधिकार प्राप्त गरेको बताउनुभयो ।
उहाँले महिलाहरुले सही प्रतिनिधि पठाउन नसकेकै कारण पछिल्लो पाँच वर्ष उपलब्धिमूलक बन्न नसकेको बताउँदै अब सही नेतृत्व चयन गर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सदस्य तथा ३ नम्वर क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे हिक्मत, संगठनकी केन्द्रीय सदस्य निरु खतिवडा, झापा अध्यक्ष बन्दना झांगड, नगर इञ्चार्ज नरेश सञ्जेल, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामनासहित प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियोे ।


















