एमालेसँग चुनावी तालमेल गर्ने राप्रपा नेपालको तयारी
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपा नेपालले चुनावी तयारी र तालमेलबारे मुख खोलेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग चुनावी तालमेल हुने गरी प्रक्रिया अघि बढेको बताए । आज भरतपुरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष थापाले यसपटक निर्वाचनमा धेरै अपेक्षा नगरेको तर पार्टीलाई खुट्टा टेकाउने विश्वास व्यक्त गरे । उनले पूर्व राजालाई पार्टी खोलेर राजनीतिमा आउन चुनौति पनि दिएका छन् ।