- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
बिर्तामोड– सूर्याेदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त भएका छन् । टेलिभिजन व्यवस्थापनले सोमवारदेखि उनलाई न्युज रुममा स्वागत गरेको हो । पत्रकार खनाल बीबीसी नेपाली सेवामा कार्यरत छन् ।
टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पत्रकार खनालको नेतृत्वमा उत्कृष्ट समाचार उत्पादन हुने विश्वास व्यक्त गरे । पत्रकार खनालसँगै अच्युत सुवेदी र भरत प्रसाई पनि टेलिभिजनमा जोडिएको उनले जानकारी दिए ।
नवनियुक्त तीनै जना पत्रकारलाई स्वागत गरिएको छ । टेलिभिजनले अग्रज पत्रकार लक्ष्मी लुइटेललाई सम्मान गरेको छ । लुइटेल लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील छन् ।


















