- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
बिर्तामोड– सूर्याेदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त भएका छन् । टेलिभिजन व्यवस्थापनले सोमवारदेखि उनलाई न्युज रुममा स्वागत गरेको हो । पत्रकार खनाल बीबीसी नेपाली सेवामा कार्यरत छन् ।
टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पत्रकार खनालको नेतृत्वमा उत्कृष्ट समाचार उत्पादन हुने विश्वास व्यक्त गरे । पत्रकार खनालसँगै अच्युत सुवेदी र भरत प्रसाई पनि टेलिभिजनमा जोडिएको उनले जानकारी दिए ।
नवनियुक्त तीनै जना पत्रकारलाई स्वागत गरिएको छ । टेलिभिजनले अग्रज पत्रकार लक्ष्मी लुइटेललाई सम्मान गरेको छ । लुइटेल लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील छन् ।



















