- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
काठमाडाैँ– अमेरिकी सहयोग परियोजना पारित गर्न नेकपा एमालेको सहयोग माग्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै विकल्पमा छलफल गर्न आफू तयार रहेको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमालेले राखेका मागका बिषयमा छलफल गर्न तयार रहेको जनाउ दिएका हुन् ।
आफूले कारवाही गरेका सांसदलाई हटाउनुपर्ने र सभामुखमाथि कारवाही हुनुपर्ने लगायतका माग राखेर नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
अध्यक्ष ओलीसँगको भेटमा प्रधानमन्त्री देउवाले एमालेकाे मागका विषयमा आफू सकारात्मक रहेको बताएका हुन् ।
सत्ता साझेदार दल एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिएपछि एक्लिएका देउवा एमालेको साथ लिएर जसरी पनि पारित गर्ने दाउमा छन् ।
एमसीसीका विषयमा सत्तारुढ दलभित्र सहमति जुट्न नसकेपछि पाँच दलीय गठबन्धन सरकार धरापमा परेको छ। विश्लेषकहरुले आज मध्यरातसम्ममा सत्ता समीकरणमा फेरबदल आउन सक्ने आँकलन गरेका छन् ।


















