- बिर्तामोड चिल्ड्रेन अस्पतालमा बैशाख ७ देखि निःशुल्क स्वास्थ्य शिविर
- रास्वपाले मन्त्री र सांसदका लागि मासिक लेबी तोक्यो
- निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति कांग्रेसको आपत्ति
- निर्माण व्यवसायीको माग : ‘निर्माण क्षेत्रमा आपतकाल घोषणा गर’
- डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि
काठमाडौैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी घोषणा सभामा बोल्दै अध्यक्ष थापाले राजसंस्थाले गुट बोकेर हिंडेको र अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको बताएका हुन्।
उनले भने, ‘राप्रपाको आन्तरिक मामिलामा राजसंस्थाबाट हस्तक्षेप भयो। राप्रपाले परिकल्पना गरेको राजसंस्थाले आदर्श अभिभावकको भूमिका निर्वाह गर्न सकेन।’
राप्रपामा राजेन्द्र लिङदेन अध्यक्षमा विजयी भएपछि थापाले हेटौंडा पुगेर पार्टी परित्यागको घोषणा गरेका थिए।
















