६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

राजसंस्थाले गुट बोक्यो : राप्रपा अध्यक्ष थापा




काठमाडौैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी घोषणा सभामा बोल्दै अध्यक्ष थापाले राजसंस्थाले गुट बोकेर हिंडेको र अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको बताएका हुन्।

उनले भने, ‘राप्रपाको आन्तरिक मामिलामा राजसंस्थाबाट हस्तक्षेप भयो। राप्रपाले परिकल्पना गरेको राजसंस्थाले आदर्श अभिभावकको भूमिका निर्वाह गर्न सकेन।’

राप्रपामा राजेन्द्र लिङदेन अध्यक्षमा विजयी भएपछि थापाले हेटौंडा पुगेर पार्टी परित्यागको घोषणा गरेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार ००:००  २ : ४३ बजे