- सडक सुरक्षामाथि गम्भीर प्रश्न : टिपरको ठक्करबाट चार जनाको मृत्यु
- सरकारको आश्वासनपछि बन्द चिया उद्योग खुले
- युवा उद्यमीद्वारा व्यवसायिक राहत कोषमा १ लाख १६ हजार सहयोग
- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
गौरादह– इलाका प्रहरी कार्यालय गौरादह परिसरमा आगन्तुक प्रतीक्षालय निर्माण गरिएको छ । पितृहरूको स्मृतिमा स्थानीय समाजसेवी कर्णबहादुर कटुवाल र सुष्मा कटुवालले प्रतिक्षालय निर्माण गरेका हुन् ।
कटुवाल दम्पतीले बुबा खड्गबहादुर र आमा बालुकादेवी कटुवालको स्मृतिमा निर्माण गरेको प्रतिक्षालयको झापाका प्रहरी प्रमुख एसपी प्रमुख सानुराम भट्टराईले उद्घाटन गर्नुभयो ।
कटुवाल परिवारले प्रतिक्षालय निर्माणमा ५ लाख ८५ हजार ४१३ रुपैयाँ खर्च गरेको छ । कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख गीता भेटवाल लगायतले कटुवाल परिवारको कार्य सह्रानीय भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो।



















