- व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग
- ‘बिर्तामोडको एमाले राजनीतिमा खम्बा थिए ज्ञानुराम’
- झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ
- जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग
गौरादह– इलाका प्रहरी कार्यालय गौरादह परिसरमा आगन्तुक प्रतीक्षालय निर्माण गरिएको छ । पितृहरूको स्मृतिमा स्थानीय समाजसेवी कर्णबहादुर कटुवाल र सुष्मा कटुवालले प्रतिक्षालय निर्माण गरेका हुन् ।
कटुवाल दम्पतीले बुबा खड्गबहादुर र आमा बालुकादेवी कटुवालको स्मृतिमा निर्माण गरेको प्रतिक्षालयको झापाका प्रहरी प्रमुख एसपी प्रमुख सानुराम भट्टराईले उद्घाटन गर्नुभयो ।
कटुवाल परिवारले प्रतिक्षालय निर्माणमा ५ लाख ८५ हजार ४१३ रुपैयाँ खर्च गरेको छ । कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख गीता भेटवाल लगायतले कटुवाल परिवारको कार्य सह्रानीय भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो।