झापा–इलाममा दुर्लभ चरा फेला परेका छन्। सूर्योदय नगरपालिका र रोङ गाउँपालिका क्षेत्रमा कोशी बर्ड सोसाइटीको अगुवाईमा गरिएको अध्ययनका क्रममा दुर्लभ चरा फेला परेका हुन्।
कन्याम र कुट्टीडाँडा क्षेत्रमा तीन दिनसम्म अध्ययन गर्दा नेपालमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा फेला परेको कोशी वर्ड सोसाइटीका अध्यक्ष सञ्जीव आचार्यले जानकारी दिए।
- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
नेपालमै दुर्लभ मानिएको वन टिकटिके, रातो ढाँडे पुष्प कुकील, ठूलो निलतवा, ससीया, चाँदी काने मेसीया, लालपुच्छ्रे मिल्ला लगायत प्रजातिका चरा फेला परेका छन् । उनका अनुसार वन टिकटिके प्रजातिको सानो चरा नेपालमा दुर्लभ मानिन्छ।
उक्त चरा कन्याममा फेला परेको हो। त्यस्तै, नेपालमै अति दुर्लभ मानिएको रातो ढाँडे पुष्प कुकील पहिलो पटक रोङ गाउँपालिकाको कुट्टीडाँडा क्षेत्रमा फेला परेको आचार्यले जानकारी दिए। टोलीले अध्ययनका क्रममा ५०६० प्रजातिका चरा फेला पारेको छ।


















