१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

चिनी अभाव हुन नदिन सरकारको ध्यानाकर्षण



झापा- राष्ट्रिय उपभोक्ता मञ्चले दशैं तिहारको समयमा चिनी अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै यसबारे गम्भीर हुन ध्यानाकर्षण गराएको हो ।

विगत चार वर्षदेखि आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भइरहेको जनाउँदै उपभोक्ता मञ्चले महंगो मूल्यमा चिनी खरिद गर्नुपर्ने उपभोक्ताको बाध्यता बुझिदिन आग्रह गरेको छ ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अर्थ मन्त्रालयका पदाधिकारीहरुले सरकारलाई गुमराहमा राखेर आपूर्ति व्यवस्थालाई थप असहज पार्ने नियत राखेको बताउनुभयो ।

मञ्चका अनुसार बजारमा चिनीको अभाव हुन थालिसकेको छ । बजारमा प्रतिकिलो चिनीको मूल्य सय रुपैयाँ पुगेको उपभोक्ता मञ्चले जनाएको हो ।

उपभोक्ता मञ्चले सङ्कलन गरेको तथ्याङ्कअनुसार जेठ महिनाको अन्त्यसम्ममा निजीक्षेत्रसँग २१ हजार मेट्रिक टन चिनी स्टकमा छ । पछिल्लो समय १० हजार ५०० मेट्रिक टन चिनी आयात भएको देखिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार ००:००  ७ : ३८ बजे