झापा– नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या तोकिएको छ ।
कर्तव्यपालनको सिलसिलामा अशक्त र मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि २७३ र पिछडिएका क्षेत्रका लागि ८५ सिट छुट्याइएको छ ।
योग्यता पुगेका उम्मेदवारले १६ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् भने २४ असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ ।
दरखास्त जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी र उत्तरतर्फको खेल मैदान तथा अन्य भर्नाकेन्द्रमा सम्बन्धित केन्द्रमै दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
सैन्य पदका लागि दरखास्त दिन कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । पुरुषको हकमा उचाईँ न्यूनतम पाँच फिट तीन इन्च र महिलाको हकमा पाँच फिट हुनुपर्नेछ । पुरुषको हकमा तौल ५० किलो र महिलाको हकमा ४० किलो कायम गरिएको छ । यसैगरी, पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ ।
- जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई एमाले अध्यक्ष ओलीको निर्देशन
- वैदेशिक रोजगारीप्रतिको आकर्षण थप बढ्दै : यूएई नेपाली कामदारको प्रमुख रोजाइमा
- देशमा आगो लगाउनेहरु नेपाली हुन सक्दैनन् : एमाले अध्यक्ष ओली
- पत्रकार निराैलाले जन्मदिनमा प्रेस चाैतारीलाई दिए ११ हजार
- झापामा हाडजाेर्नीका पाँचसय डाक्टरकाे सम्मेलन















