झापा–नेपाल आइडलको चौथो संस्करणको निर्णायक परिवर्तन भएका छन्। नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी सो नेपाल आइडलले सिजन फोरका लागि नयाँ निर्णायक भित्र्याएइको हो। नयाँ निर्णायकमा गायक एवम् वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन्।
नेपाल आइडल परिवारको सदस्य भएर काम गर्ने अवसर पाएकोमा उनीहरुले खुसि व्यक्त गरेका छन्। नेपाल आइडलको सिजन–३ सम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए। कार्यक्रम प्रस्तोतामा आसिफ शाह र रेश्मा घिमिरे रहेका छन्।
यस अगाडिका निर्णायक र प्रस्तोता अर्कै कार्यक्रममा व्यस्त रहेकाले व्यवस्थापन समितिले नयाँ निर्णायक टीम चयन गरेको हो। नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु भएको छ।