झापा– सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । २०८० सम्ममा मेडिकल कलेज स्थापना गर्ने तयारी अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापनाको तयारी अघि बढिसकेको जानकारी दिनुभयो । सरकारले प्रदेश २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भौतिक पूर्वाधार सुरु गरिसकेको छ ।