१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

कोरोना संक्रमणले झापामा पाँच जनाको मृत्यु



झापा– कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै जाँदा झापामा मानवीय क्षतिका घटना बढेका छन् । संक्रमणको बढ्दो लहरले दैनिकजसो मृतकको संख्या थपिने गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार कोरोना संक्रमणका कारण पाँच जनाले ज्यान गुमाएका छन् । दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो ।

संक्रमण शुरु भए यता झापामा आइतबार साँझसम्म ५ सय १५ जनाको मृत्यु भइसकेको छ । संक्रमणप्रति नागरिक तहबाट भएको बढ्दो वेवास्ताले जोखिम झन् बढेको हो ।

आइतबार झापामा १८४ जना संक्रमित थपिएका छन् ।  संक्रमितको संख्या दुई दिन यता केही घटे जस्तो देखिए पनि मानवीय क्षति भने रोकिएको छैन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार ००:००  १ : ०८ बजे