• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. कोरोना कहर
  3. झापामा झन् फैलियो कोरोना संक्रमण
 झापामा झन् फैलियो कोरोना संक्रमण
कोरोना कहर

झापामा झन् फैलियो कोरोना संक्रमण

by Speak २८ श्रावण २०७८, बिहीबार २३:५०

बिर्तामोड – झापामा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएको छ । जारी निषेधाज्ञाका बीच पनि संक्रमितको संख्या नघटेको हो । यसअघि स्थानीय तहले अनुकूलताका आधारमा नगर वा गाउँपालिका सिल गरेका थिए । कोरोनाको संक्रमण घटाउन साउन १६ गते रातिदेखि झापामा निषेधाज्ञा चलिरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको विहीवार साँझसम्मको तथ्याङ्क अनुसार झापामा कोरोना सक्रिय संक्रमितको संख्या ३३ सय २३ छ । लगातार सक्रिय संक्रमितको संख्या थपिँदै गएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताउनु भयो । विहीवार २१३ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण झापामा मानवीय क्षतिका घटना बढेका छन् । दोस्रो लहरको संक्रमण चलिरहँदा मृतकको संख्या बढ्दै गएको हो । संक्रमणप्रतिको बढ्दो वेवास्ताले पनि झापामा मानवीय क्षतिका घटना बढेको सरोकारवाला बताउँछन् । झापामा कोरोना संक्रमणका कारण साउन २८ साँझसम्म ५०३ जनाको मृत्यु भएको तथ्यांक छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.