काँकडभिट्टा–गत आर्थिक वर्षमा काँकरभिट्टा नाकाबाट ६ करोड १४ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको ग्रीन टी निर्यात भएको छ । एकसय ७५ मेट्रिक टन ग्रीन टी निर्यात भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड १६ लाख ६१ हजार मूल्य बराबरको १ सय ६६ मेट्रिक टन चिया निकासी भएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा नेपालले १० करोड १७ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको ३ सय २६ मेट्रिक टन चिया भारत निकासी गरेको तथ्यांक छ ।