२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

‘बहिष्कार गर्दिनुहुन्छ भने गर्दिनुस्’



तीजगीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’ लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक दुर्गेश थापालाई ध्यानाकर्षण गराएको छ। गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको छ। तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षणपत्रलाई कुनै वास्ता नगरेकाले गायक थापालाई बहिष्कार गर्ने निर्णय गरिएका समाचार सार्वजनिक भइरहेका छन्।

यसबारे सोध्दा थापाले भने, ‘उहाँहरूले बहिष्कार गर्नुहुन्छ भने अब गर्दिनुस्। उहाँहरूले त जे गीत गाए पनि हुन्छ के रे। मचाहिँ संस्थामा नभएकाले मलाई ट्रयापमा पारिएको हो ।’ साथै संस्थामा भएको मान्छेले चाहिँ जे गाए पनि हुने थापाको आरोप छ। उनले भने, ‘मेरो जेनेरेसनले त्यस्तै गीत मन पराउनुहुन्छ। ख्यास्स भन्ने गलत टाइपको वर्ड होइन।’

तर, लोकदोहोरी प्रतिष्ठानले सार्वजनिक गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘तीज पर्व नजिकिँदै गर्दा गीत–संगीतको माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरू प्रस्तुत गर्दा हजुरको आगामी तीजगीतमा प्रयोग गरिएको ख्यास्स पुतली विषयपरक तीजगीतका नाममा समाजमा संप्रेषित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालअन्तर्गत गठित विकृति–विसंगति न्यूनीकरण समितिले ठहर गरेको छ।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ००:००  ५ : १९ बजे