- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
भद्रपुर- जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३० औँ स्मृति दिवसको अवसर पारेर आज बिहान मेची अञ्चल अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।
द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालले अस्पताल परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरी जनपक्षीय नेता क्षेत्रीको स्मृति दिवस मनाएको हो । दिवसका अवसरमा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ ।
कम्य्निष्ट आन्दोलनका साहसिक योद्धा क्षेत्रीको २०५० साल असार ६ गते उपचारको क्रममा निधन भएको थियो । क्यान्सर रोगका कारण जीवन गुमाएका क्षेत्री राजनीतिमा एउटा सङ्घर्षशील आदर्श पुरुषका रुपमा चिनिन्छन् ।


















