- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
झापा– झापा–विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् ।
स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेशको अन्तिम गृहकार्यमा जुटेका हुन् ।
राप्रपाले दिने पदमा कुरा मिले मिश्र केही दिन भित्रै उक्त पार्टी प्रवेश गर्ने निकट स्रोतको दाबी छ । सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए ।
राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिँदै निकट एक नेताका अनुसार त्यसपछि सह–अध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।
तर, राप्रपाले दुई अध्यक्ष वा सह–अध्यक्ष दुवै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ ।
महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ ।


















