- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
दमक- झापाको दमकमा चीन नेपाल औद्योगिक पार्क निर्माणका लागि सरकारले एक अर्ब नौ करोड रुपैयाँ मुआब्जा बितरण गरेको छ । स्थानीयको जग्गा अधिग्रहण गरी सरकारले उक्त रकम मुआब्जा बितरण गरेको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयका प्रमुख काशीराम घिमिरेले दुई चरणमा गरी ७६२ बिघा जमिनका धनीलाई मुआब्जा रकम बितरण गरेको बताउनु भयो । स्थानीयले दुई लाखदेखि ४५ लाखसम्म मुआब्जा रकम पाएका छन् ।
रणनीतिक महत्वको पार्कको तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन १७ गते शिलान्यास गर्नुभएको थियो ।


















