- सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा, तीन हप्तामै दोस्रो पटक समायोजन
- संसद् रोक्दै अध्यादेशको बाटो रोजेपछि सरकारमाथि प्रश्न
- सरकारी विज्ञापनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई महासंघको आग्रह
- झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण
- काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक घटे
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी दौडाहामा झापा आइपुगेका छन् । आज साँझ अध्यक्ष ओली झापा आएका हुन् । साँझ उनले बिर्तामोडको चुनावी अवस्थाका विषयमा जानकारी लिएका छन् ।
भोलि दमक धुलावारी लगायतका विभिन्न स्थानमा आयोजना गरिएका चुनावी सभालाई अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम छ ।
आफ्नै गृह नगर दमकमा राप्रपासहितको गठबन्धनले एमालेविरुद्ध मोर्चाबन्दी गरेपछि त्यसलाई परास्त गर्नु पर्ने दवाव अध्यक्ष ओलीलाई छ ।
गठबन्धनमा आवद्ध भएका दलहरुबीच एक अर्कामा देखिएको अनपेक्षित अविश्वास सतहमा आइरहँदा आफ्ना उमेद्वार थप बलियो हुँदै गएको विश्लेषण एमाले वृत्तमा छ ।
काङ्ग्रेसले माओवादीलाई भोट नहाल्ने र माओवादीले पनि काङ्ग्रेसबाट धोका हुने सम्भावित खतराको सुइँको पाएपछि राजनीतिक परिदृश्य फेरिने संकेत मिलेको छ ।
















