- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ– निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्ने सम्मको चेतावनी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
‘आयोगद्वारा कार्यान्वयनमा ल्याइएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा राख्न पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखे वा टाँसे कारबाही गरिनेछ।’
उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने प्रावधान छ।


















