- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
बिर्तामोड– जनतालाई विकास र सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने एमालेका उम्मेदवारले बताएका छन्। बिर्तामोडका टोलटोलमा आयोजित चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका उम्मेदवारहरुले सार्वजनिक गरिएको प्रतिबद्धताअनुसारका कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
एमालेका तर्फबाट नगरप्रमुख उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरवासीको आर्थिक सामाजिक जीवनस्तर उकास्ने खालका कार्यक्रमलाई प्राथमिकता दिने बताउँदै आफूलाई मत दिएर बिजयी गराउन मतदातासँग अपिल गरेकी छन् ।
उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले नगरपालिकालाई सुशासनकाे क्षेत्रमा नमुना योग्य बनाउने बताउँदै निःशुल्क शिक्षाको अभियानलाई प्रभावकारी बनाइने बताए ।

वडाध्यक्षका उमेदवार अग्निप्रसाद पाण्डेले समग्र वडाको विकासका लागि आफूले महत्वपूर्ण र प्रभावकारी काम गरेको बताउँदै आगामी कार्यकालमा पनि जनताको बीचमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।



















