- निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति कांग्रेसको आपत्ति
- निर्माण व्यवसायीको माग : ‘निर्माण क्षेत्रमा आपतकाल घोषणा गर’
- डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि
- कालीस्थान बालबालिका महोत्सव सम्पन्न
- खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद : सिटौला
झापा– स्थानीय तहको निर्वाचन सुरक्षाका लागि तयारी पूरा भएको छ। गृह मन्त्रालयका प्रवक्ता उपसचिव फणिन्द्रमणि पोखरेलले राज्यका चारवटै सुरक्षा संयन्त्र परिचालन गरी निर्वाचन शान्तिपूर्ण र सुरक्षित सम्पन्न गरिने बताए ।
गृहले निर्वाचन लक्षित ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७९’ बनाएर सोहीबमोजिम जिल्ला तहमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।
मतदान स्थलको सुरक्षा र संरक्षणका लागि नेपाल प्रहरी मतदान केन्द्रको पहिलो स्थानमा खटिने पोखरेलले बताए । नेपालभर ६५ हजार नेपाल प्रहरी परिचालन हुँदैछन्।
















