- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
- अर्जुनधारामा वडास्तरीय फुटबल : वडा नम्बर ११ क्वाटरफाइनलमा
भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवाहरुलाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।
नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
आज विहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल वितरण गरिएको भद्रपुरका रोजगार संयोजक टीकाराम पाण्डेले जानकारी दिए ।
नगरपालिकाको युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ३ नं वडाध्यक्ष कमला थुलुङ, २ नं वडाध्यक्ष भीम केरुङलगायतले टनेल वितरण गरेका हुन् ।
नगरभित्रका युवालाई विदेश पलायनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषि उद्यमी बनाउन सहयोग पुग्ने सोचका साथ आ. व. ०७८–०७९ को बजेटमा युवालक्षित कार्यक्रम राखेर उद्यमी बन्न चासो देखाएका युवालाई टनेल वितरण गरिएको र यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
















