- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
झापा– नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा एक सय वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको हो ।
मतदान गरेकै दिन साँझसम्म मतपरिणाम प्राप्त हुनेगरी विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । एकजना मतदातालाई भोट हाल्न कम्तीमा आधा घन्टा लाग्ने भएकाले विद्युतीय भोटिङ मेसिन प्रयोगमा जोड दिइएको छ ।
नेकपा एमाले चितवनमा मंसिर पहिलो सातादेखि दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । एमाले महाधिवेशनमा झण्डै दुई हजार प्रतिनिधि सहभागी हुनेछन् ।


















