झापा– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संयुक्त सरकारको प्रस्ताव गरेका छन् । बुधबार प्रदेशसभा भवनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाउन प्रस्ताव अघि सारेका हुन् ।
लडाई, झगडा र वादविवाद छाेडेर दसैँपछि संयुक्त सरकार बनाएर अघि बढ्नुपर्ने मुख्यमन्त्री आचार्यले बताए । उनले दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्न प्रतिपक्षी दललाई समेत अपिल गरेका छन् ।
मुख्यमन्त्री आचार्यले सरकारका तर्फबाट संविधानमा नमिचिने बताउँदै संवैधानिक व्यवस्थाअनुसार सरकारले विश्वासको मत लिने बताए ।
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग


















