१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

प्रसाईले प्रहरीलाई दिए टेलिभिजन




काँकडभिट्टा– व्यवसायी श्याम प्रसाई (एसपी) ले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई ३२ इन्चको एलइडी टेलिभिजन दिएका छन् । हिरासतमा राखिएका थुनुवाका लागि प्रसाईले टेलिभिजन प्रदान गरेका हुन् ।

ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रसाईले सूचना तथा मनोरञ्जनका लागि टिभी उपयोगी हुने बताए । उनले २६ हजार ९ सय ९९ रुपैयाँमा एलइडी टेलिभिजन किनेर उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ००:००  ८ : ३२ बजे