२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’



विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खुला गर्न दबाब दिए पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफ्नो अडानबाट पछि हटेका छैनन् ।

मंगलबार साँझ गुण्डुमा झण्डै एक घण्टा भएको छलफलमा कार्कीले आफू धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री भएकाले राजीनामा दिए संवैधानिक जटिलता निम्तिने र राजनीतिक सन्देश पनि सकारात्मक नजाने बताएका हुन् ।

ओलीले भने नयाँ राजनीतिक ‘कोर्स’ अघि बढाउन राजीनामा आवश्यक रहेको धारणा राखेका थिए । स्रोतका अनुसार छलफल निष्कर्षविहीन बनेको छ भने थप वार्ताको तयारी भइरहेको छ ।

यसअघि पनि ओलीले कार्कीलाई राजीनामाका लागि निर्देशन दिएका थिए । पूर्वमुख्यमन्त्री शेरधन राईलाई समेत विराटनगर पठाइए पनि कार्कीले अडान परिवर्तन गरेका छैनन् ।

यता, एमालेभित्र मुख्यमन्त्री परिवर्तनको गृहकार्यस्वरूप प्रदेश सांसदहरूको हस्ताक्षर संकलन भइरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार ००:००  ११ : ३९ बजे