५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सिक्किममा सुरुङ भत्किँदा ९ मजदुरको मृत्यु



झापा-भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने १५ जना अझै सुरुङभित्र फसेका छन् ।

सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा दुर्घटना भएको हो । सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य जटिल बनेको छ ।

विशेष उद्धार टोलीले अक्सिजन उपकरणसहित उद्धार अभियान जारी राखेको जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि विस्फोट वा पछिल्ला दिनको भारी वर्षा कारण हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार ००:००  २ : ०९ बजे