३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

घुस प्रकरणमा पौडेललाई साढे ८ वर्ष कैद



काठमाडौं- विशेष अदालतले घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।

अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेर लिएको आरोप प्रमाणित भएपछि पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो ।

नेपाल सरकारको विशिष्ट तहको सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनलाई थप छ महिना कैद सजाय पनि सुनाएको छ । उक्त प्रकरणमा घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतको फैसलाअनुसार सार्वजनिक पदको दुरुपयोग गर्दै आर्थिक लाभ लिने कार्य भ्रष्टाचारजन्य कसुर भएको ठहर गरिएको हो। यससँगै पौडेलले कुल साढे आठ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेन सम्बन्धी आरोपमा पौडेल र आनन्दविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतले उक्त मुद्दामा दुवैलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार ००:००  ४ : ४३ बजे