८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बिर्तामोडमा नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी



बिर्तामोड– बिर्तामोड नगरपालिकाको आयोजनामा नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ । महेन्द्ररत्न माध्यमिक विद्यालयमा शुक्रबार आयोजित प्रदर्शनीमा विभिन्न तहका विद्यार्थीबिच चित्रकला, बाती कात्ने, तबला वादन तथा नेपाली कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीबिच भएको खुला चित्रकला प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयका आशिक मर्डी प्रथम, सहारा साकोसका मौषम महरा द्वितीय र न्युटन्स एकाडेमीकी कास्मी शिवाकोटी तृतीय भए। एभेन्चर एकाडेमीकी स्वीकृति गड्तौला र निधि सेकेन्डरी स्कुलकी तृषिका तिम्सिना सान्त्वना भए ।

कक्षा ४ र ५ का विद्यार्थीबिच भएको बाती कात्ने प्रतियोगितामा जनता आधारभूत विद्यालयका अमित हेमरम प्रथम, शहीद लक्ष्मी आधारभूत विद्यालयकी अपिया लिम्बु द्वितीय तथा लक्ष्मीनारायण आधारभूत विद्यालयका तेन्जिङ शेर्पा तृतीय भए । एमेटी सेकेन्डरी स्कुलकी रेशिका खतिवडा र मोहनमाया माध्यमिक विद्यालयकी रिया प्रसाईले सान्त्वना पुरस्कार प्राप्त गरे ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबिच सम्पन्न तबला वादन प्रतियोगितामा न्युटन्स एकाडेमीका आरोग्य शिवाकोटी प्रथम, कञ्चनजङ्घा माध्यमिक विद्यालयका विश्वदीप सिटौला द्वितीय र एमेटी स्कुलका कोशलेक्स रिजाल तृतीय भए । तक्षशिला बोर्डिङ स्कुलका आशिम गौतम र देवी माध्यमिक विद्यालयका सुदिन ढुंगेल सान्त्वना घोषित भए ।

त्यसैगरी, कक्षा ९ र १० का विद्यार्थीबिच भएको नेपाली कविता लेखन तथा वाचन प्रतियोगितामा ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलकी दीपिका प्रसाई प्रथम, न्युटन्स एजुकेशन एकाडेमीका निश्चल पाठक द्वितीय र बुद्ध स्मृति एकाडेमीकी युगश्री मिश्र तृतीय भइन् ।

गोमेन्द्र स्कुलकी आयुष्मा उप्रेती र कञ्चनजङ्घा बोर्डिङ स्कुलकी सृष्टि खरेलले सान्त्वना पुरस्कार प्राप्त गरे। विजेतालाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा सान्त्वना हुनेलाई २/२ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

विजयी विद्यार्थीलाई नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, न्युटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं, निदि माध्यमिक विद्यालयका प्रधानाध्यापक भीष्म प्रसाई तथा महेन्द्ररत्न माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईलगायतले पुरस्कार वितरण गरेका थिए ।

नगरपालिकाले विद्यार्थीमा सिर्जनशीलता, कला तथा बौद्धिक क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार ००:००  ६ : ५३ बजे