५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु



झापा- कनकाई नगरपालिका-५ तुलसीवारीस्थित भित्री सडकमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर शुक्रबार ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएकोमा चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते नुरेशलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर, मोटरसाइकल तथा ट्याक्टर चालक कनकाई-५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार ००:००  २ : २३ बजे