झापा-महिलालाई कानुनी रूपमा सशक्त बनाउने उद्देश्यले बिर्तामोड नगरपालिका-१० मा एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।
नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा आयोजित कार्यक्रममा वडा अन्तर्गतका २७ वटा टोल विकास संस्थामा आबद्ध महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता कविता बास्तोलाले महिलाका कानुनी अधिकार, घरेलु हिंसा, लैंगिक समानता, सम्पत्ति अधिकार तथा विभिन्न कानुनी प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो ।
सहभागी महिलाले दैनिक जीवनमा उपयोगी कानुनी जानकारी प्राप्त भएको भन्दै कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य दीपिका शिवा र धनमाया श्रेष्ठ, संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा निवर्तमान अध्यक्ष रेजिना गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव दीपा पोखरेलले गर्नुभएको थियो।
















