झापा– ओली वंश समन्वय केन्द्रीय समितिको केन्द्रीय तथा जिल्ला शाखाको अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनले मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
ओली भवनमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक, विद्यार्थी तथा सामाजिक योगदानकर्तालाई सम्मान गरिएको थियो। कार्यक्रम झापा शाखा अध्यक्ष भवानी ओलीको सभापतित्वमा सम्पन्न भएको हो।
अधिवेशनले २१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नुका साथै वंशीय एकता, सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिने निर्णय गरेको छ।
कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको प्रचार विभाग प्रमुख राजकुमार ओलीले बताए ।
















