२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

ऋण नीतिमा सरकारप्रति एमालेको प्रश्न



काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको ऋण नीतिप्रति प्रश्न उठाएका छन् । उनले दिगो पूर्वाधार विकासका लागि ऋण आवश्यक भए पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेको आरोप लगाए । ‘हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरू नै आज ऋण लिन किन अग्रसर छन् ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

उनले दिगो पूर्वाधार विकासका लागि ऋण लिनु बाध्यता मात्र नभई आवश्यकता पनि रहेको उल्लेख गरेका छन् । तर त्यसका लागि स्पष्ट नीति, प्राथमिकता र पारदर्शिता आवश्यक पर्ने उनको भनाइ छ ।

सरकारले ऋण लिने विषयमा जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनुपर्ने उनले माग गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार ००:००  ९ : ११ बजे