३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026

सर्लाहीमा रुखमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव



सर्लाही– सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित आँपको रुखमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको छ ।

मृत फेला पर्नेमा रामनगर गाउँपालिका–६ निवासी विनोद दासकी करिब १७ वर्षीया छोरी संगीता दास र ईन्द्रजित दासकी करिब १८ वर्षीया छोरी नागिना दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार दुवैको शव आँपको रुखको एउटै हाँगामा प्लास्टिकको डोरीको पासो लगाइएको अवस्थामा भेटिएको हो।

उनले बुधबार साँझ करिब ६ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताए। उनका अनुसार घटनास्थलमा फरेन्सिक टोलीसमेत परिचालन गरिएको छ।

घटनाको कारण खुलेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार ००:००  ८ : ३४ बजे