१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

देशव्यापी आन्दोलन गर्ने एमालेको घोषणा



काठमाडौंनेकपा एमालेले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । चैत १४, १५ र १६ गते काठमाडौंकेन्द्रित आन्दोलन सम्पन्न गरेको एमालेले आन्दोलनलाई देशभर विस्तार गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको सचिवालय बैठकले चैत २५ गतेसम्म सबै जिल्ला कमिटीमार्फत कार्यकर्ता भेला आयोजना गरी वर्तमान राजनीतिक अवस्था र आन्दोलनको आवश्यकताबारे प्रशिक्षण दिने निर्णय गरेको जनाएको छ ।

त्यसपछि चैत २५ देखि वैशाख १२ गतेसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार ००:००  ८ : ५४ बजे