चितवन– चितवन जिल्लामा ४८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म ती रोगी फेला परेका हुन् ।
क्षयकुष्ठ अधिकृत जयराम दवाडीले साउन यता २ हजार ६ सय ५६ जनाको परीक्षण गर्दा ४८० जनामा संक्रमण देखिएको बताए ।
क्षयरोग संक्रमितका लागि जिल्लाका १०७ वटा औषधि वितरण संस्थाबाट नियमित औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।


















