झापा- भारतको कोलकातास्थित एउटा होटलमा मंगलवार आगलागी हुँदा महिला तथा बालबालिकासहित १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोलकाताका प्रहरी प्रमुख मनोज वर्माका अनुसार आगलागिपछि होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको छ । उनीहरु रुँदै चिच्चाउँदै गरेको अवस्थामा थिए ।
ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ । आगलागी हुँदा होटलमा ८८ जना पाहुना थिए ।
घटनामा करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् । उनीहरुको भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
















