१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

खोटाङबाट समातिए १२४ फरार प्रतिवादी



खोटाङ-जिल्ला प्रहरी कार्यालय खोटाङ गत आर्थिक वर्षमा १२४ जना फरार अपराधी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका १२४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । खोटाङका प्रहरी प्रमुख पुरुषोत्तम खड्काले प्रतिवादीबाट ११३ वर्ष सजाय असुल हुने बताए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा एक महिनादेखि १४ वर्षसम्म कैद सजाय भुक्तान गर्न बाँकी फरार प्रतिवादी रहेका छन् । अघिल्ला दुई आर्थिक वर्षमा खोटाङ प्रहरीले जम्मा ९ जना फरार प्रतिवादी पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार ००:००  ५ : ०५ बजे