२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ मा : ३ हजार ४१४ प्रतिनिधि जुट्दै



काठमाडौं– नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ । भेलामा देशभरबाट ३ हजार ४१४ नेता, जनप्रतिनिधि तथा संगठनका प्रतिनिधि सहभागी हुने भएका छन् ।

कार्की ब्याङ्क्वेटमा हुने भेलामा पार्टीको संगठनात्मक अवस्था, राष्ट्रिय राजनीति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे छलफल हुनेछ ।

महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनको तयारीमा पार्टी पंक्तिलाई एकताबद्ध रूपमा परिचालन गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताएका छन् ।

भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेले भेलामार्फत संगठनात्मक एकता बलियो बनाउँदै स्थानीय निर्वाचनको तयारीलाई तीव्रता दिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शुक्रबार ००:००  ५ : २० बजे