२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

बिर्तामोडमा कौस्तुभ पूजा सामग्री भण्डार सञ्चालनमा



बिर्तामोड– झापाको बिर्तामोडस्थित सित कनकाई रोडमा कौस्तुभ पूजा सामग्री भण्डार तथा स्टेसनरी सञ्चालनमा आएको छ । पुस्तक तथा स्टेसनरी व्यवसायमा १३ वर्षदेखि सक्रिय व्यवसायी देशबन्धु ढुंगेलले व्यवसायलाई विविधीकरण गर्दै पूजा सामग्री भण्डारसमेत सञ्चालनमा ल्याएका हुन् ।

घटस्थापनाको अवसर पारेर आइतबार विधिपूर्वक पूजाआर्चना गरी भण्डारको उद्घाटन गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन र सामाजिक व्यक्तित्व पदम निरौलाले रिबन काटेर भण्डारको उद्घाटन गरे ।

दैनिक जीवनमा आवश्यक पर्ने स्टेसनरी सामग्रीसँगै घरायसी तथा संस्थागत धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न प्रकारका पूजा सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले भण्डार सञ्चालनमा ल्याइएको सञ्चालक ढुंगेलले बताए ।

१३ वर्षदेखि पुस्तक तथा स्टेसनरी सामग्रीको बिक्री गर्दै आएका ढुंगेलले पछिल्लो समय पूजा सामग्रीको बढ्दो माग र बजारको आवश्यकतालाई ध्यानमा राखेर व्यवसायमा नयाँ आयाम थपेका हुन् ।

स्टेसनरी व्यवसायलाई अझ फराकिलो बनाउँदै ग्राहकलाई एउटै स्थानबाट विभिन्न सामग्री उपलब्ध गराउने सोचका साथ पूजा सामग्री भण्डार सुरु गरिएको उनले बताए ।

धार्मिक तथा सांस्कृतिक पर्व र अनुष्ठानका बेला आवश्यक पर्ने पूजा सामग्रीको सहज उपलब्धताले ग्राहकलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

स्टेसनरीसँगै पूजा सामग्रीको कारोबार विस्तार गरेर व्यवसायलाई थप व्यवस्थित र विविधतायुक्त बनाउने लक्ष्य रहेको ढुंगेलले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ००:००  ६ : ३६ बजे