१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

रजत सहेवाला बने CNIYEF कोशी अध्यक्ष



बिर्तामोड– नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशीको तेस्रो वार्षिक साधारणसभाले रजत सहेवालालाई अध्यक्षमा चयन गरेको छ । बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै युवा उद्यमीको नेतृत्वमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको हो ।

साधारणसभाबाट लर्निङ चेयरमा केशव राठी, को-लर्निङमा शरद जोशी, फाइनान्स चेयरमा संकेत बंसल, मेम्बरसिप चेयरमा जितेश अग्रवाल र को-मेम्बरसिपमा धडकन कट्टेल चयन भएका छन् ।

त्यस्तै मिडिया एण्ड कम्युनिकेसनमा सुशान्त न्यौपाने, स्टार्टअप एण्ड आईटीमा आयुष भगत, ग्रोथ एण्ड एक्स्पान्सनमा कुणाल शाह, रिलेसन एण्ड एलायन्समा अश्विनी गोल्छा तथा इन्टरनेसनल रिलेसनमा तुषार तोदी चयन भएका छन् ।

साधारणसभामा CNIYEF कोशीमा १२ जना नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्यमा साहिल जोडानी, पियुष अग्रवाल, पियुष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतम छन् ।

साधारणसभाको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोले गरेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसंघका राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, CNI कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे तथा प्रमुख सल्लाहकार महेश जाजुलगायतको उपस्थिति थियो ।

साधारणसभामा युवा उद्यमीको क्षमता विकास, स्टार्टअप प्रवर्द्धन, लगानी विस्तार, व्यावसायिक सहकार्य र कोशी प्रदेशमा उद्यमशील वातावरण निर्माणका विषयमा छलफल भएको थियो । नयाँ नेतृत्वले युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, सहकार्य र उद्यमशीलतालाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ००:००  ७ : ५२ बजे