झापा– भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै झापाको अर्जुनधारा शनिश्चरे बजारमा बौद्ध धर्म परम्पराअनुसार पूजापाठसहित दीप प्रज्वलन गरिएको छ ।
नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिको आयोजनामा भएको कार्यक्रममा लामागुरुले बौद्ध परम्पराअनुसार पूजापाठ गरेका थिए । त्यसपछि बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा भोटेकोशी बाढी प्रभावितका लागि राहतसमेत संकलन गरिएको थियो । संकलित राहत रकम नेपाल सरकारको विपद् राहत उद्धार कोषमा पठाइने आयोजकले जनाएको छ ।


















